Neplays TV's user profile page. Match highlights, posts and more on site!

“”

 Report User

Highlights

लगातार दाेस्रो जितकाे खाेजिमा नेपाल | Pre match analysis | NEPAL vs MAURITIUS
लगातार दाेस्रो जितकाे खाेजिमा नेपाल | Pre match analysis | NEPAL vs MAURITIUS

नेपाली राष्ट्रिय फुटबल टिमले मोरिसससँगको दोस्रो मैत्रीपुर्ण खेलमा मंगलबार खेल्दैछ । पहिलो खेलमा बिमल घर्तिमगरको एक गोलको मद्दतले एक शुन्यले विजयी भएको नेपाली टिमले दोस्रो खेलमापनि जितको लक्ष्य राखेको छ । पहिलो पटक नेपाली भूमीमा अफ्रिकी देशसँग खेलिरहेको नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिसससँगको दोस्रो खेलमा केहि परिवर्तन गर्नेछन । अघिल्लो खेलमा चार तीन तीनको फरमेसनमा उत्रिएको नेपाली टिमले दोस्रो खेलमा पनि यहि शैलीलाई अपनाउनेछ । साँढे दुई बर्षपछि अन्तराष्ट्रिय फुटबल खेलेको मोरिससले पनि नेपालसँगको दोस्रो खेलमा सकारात्मक नतिजाको अपेक्षा गरेको छ । आसन्न अफ्रिकी कप अफ नेशन्सको सुरुवाती चरणको छनोटको तयारीमा रहेको मोरिसस आफ्नो पहिलो खेलमा गरेका कमजोरीलाई सुधार्ने लक्ष्यमा हुनेछ । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Tiktok:https://www.tiktok.com/@neplaystv Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



सुरु भयो फुटबल टिमको प्रशिक्षण | VIDEO STORY | Close Camp | National football Team
सुरु भयो फुटबल टिमको प्रशिक्षण | VIDEO STORY | Close Camp | National football Team

फिफा विन्डोमा हुने मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् । टिमका केहि खेलाडीमा कोरोना संक्रमण देखिएकाले पहिलो दिन २८ खेलाडी उपस्थित थिए । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने भनिएको दुई वटा मैत्रीपुर्ण खेलका लागि नेपाली टिमले तयारी सुरु गरेको हो । ए डिभिजन लिगको नबौं चरण सकिँएपछि फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने बताइएको छ । तर पछिल्लो पटक नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित नै छ । किनकी नेपालमा अहिले कोभिडको दर उच्च बन्दै गएको छ । प्रशिक्षणमा नेपालका मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले भने आफुहरु तयारी अवस्थामा रहेको र मोरिसससँगको खेल नभएपनि कुनै टिमसँगपनि खेल्न तयार भएको बताएका छन । उनले आफुले यो पटकपनि नयाँ खेलाडीलाई मौका दिने बताए । साथै उनले आफुले जतिपनि खेलाडी क्याम्पमा बोलायो, त्यो आफ्नो रणनितीमा आधारित भएको बोलाएको बताए । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999



SAFF ANALYSIS | आखिर फाइनलमा कहाँ चुक्यो ? | NEPAL vs India | Saff Championship Final
SAFF ANALYSIS | आखिर फाइनलमा कहाँ चुक्यो ? | NEPAL vs India | Saff Championship Final

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेर अन्तिममा भारतसँग तीन शुन्यको फराकिलो हार ब्यहोर्न बाध्य भयो । नेपाली मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी टच लाइनमा नभएको अवस्थामा नेपाली टिम निकै कमजोर देखियो । भारी बर्षाका विच भएको खेलमा नेपाली टिम भारतसँग पहिलो हाफमा गोलरहित बराबरी खेल्न सफल भएको थियो । तर दोस्रो हाफमा एक मिनेटको फरकमा दुई गोल खाएपनि नेपालको उपाधि जित्ने संभावना समाप्त बनेको थियो । आखिर नेपाल फाइनलमा कसरी कमजोर भयो र यो पटकको साफ च्याम्पियनसिप कस्तो रह्यो हेरौं यो विश्लेषण Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss



ANYLYSIS | के नेपालले साफ जित्न सक्ला ? | SAFF Championship final | Nepal vs India |
ANYLYSIS | के नेपालले साफ जित्न सक्ला ? | SAFF Championship final | Nepal vs India |

नेपाली सिनियर खेलकुद पत्रकार हिमेशरत्न बज्राचार्यले गरेको विश्लेषण हेरौं दक्षिण एशियाली फुटबलका लागि साफ च्याम्पियनसिपले छुट्टै महत्व राख्छ । त्यसमा पनि नेपालका लागि यो प्रतियोगिता कतिको महत्वपूर्ण छ भन्ने विगतका संस्करणबाट पनि थाहा हुन्छ । अखिल नेपाल फुटबल संघ एन्फाले अहिलेसम्म जतिपछि प्रशिक्षक नियुक्त गर्यो, तिनीहरुसँग सम्झौता गर्दा एउटा बुँदामा साफमा नेपालको प्रदर्शनलाई पनि लिएर हुन्छ । पूर्व प्रशिक्षक प्याट्रिक ओसेम्सलाई एन्फाले मुख्य प्रशिक्षकमा नियुक्त गर्दा उनीसँग साफको उपाधि जिते बोनस दिने भन्ने पनि कुरा भएको थियो । तर त्यो बेला साफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । यसपटक भने अवस्था निकै फरक बनेको छ । नेपालले २८ बर्षको पर्खाइलाई पूर्णबिराम लगाएर पहिलो पटक फाइनलमा पुगेको छ । यो आफैमा ठूलो उपलब्धि पिन हो । नेपाली फुटबलका आलोचकका लागि पनि मुख बन्द गर्ने बेला हो । तर अब नेपालले शनिबार राति चिरप्रतिद्वन्द्वी तथा प्रतियोगिताको बलियो दाबेदार भारतसँग खेल्दैछ । साफको फाइनलमा यी दुई टिम पहिलो पटक भिड्न लागेका हुन । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss



ANALYSIS | HISTORY FOR NEPAL IN SAFF CHAMPIONSHIP | Aman Pratap Adhikary
ANALYSIS | HISTORY FOR NEPAL IN SAFF CHAMPIONSHIP | Aman Pratap Adhikary

नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएर जुन इतिहास रचेको छ । त्यसले नेपालीलाई निकै खुसी तुल्याएको छ । नेपाल पहिलो पटक फाइनलमा पुग्दा र यसमा अब्दुल्लाह अल्मुताइरीको रणनिती र नेपाली टिमको प्रदर्शनका बारेमा फुटबल विश्लेषक अमनप्रताप अधिकारीले गरेको विश्लेषण Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss



अफ्रिदीकाे क्रेज | Shahid Afridi with Nepali Cricket Fans ll EPL 2021
अफ्रिदीकाे क्रेज | Shahid Afridi with Nepali Cricket Fans ll EPL 2021

कीर्तिपुर मैदानमा अफ्रिदीसँग तस्विर खिचाउनेकाे भिड Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss



HIGHLIGHTS | ८ बर्षपछि ओमानलाई उसकै मैदानमा हराएकाे खेल | Nepal Won against Oman
HIGHLIGHTS | ८ बर्षपछि ओमानलाई उसकै मैदानमा हराएकाे खेल | Nepal Won against Oman

कप्तान ज्ञानेन्द्र मल्लले लगातार अर्धशतक प्रहार गर्दा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिका र ओमान सम्मिलित शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८.२ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss



अमेरीकाविरुद्द जितका हिराे, शतक बनाउन चुकेपछि के भने | Kushal Bhurtel | Man of The Match
अमेरीकाविरुद्द जितका हिराे, शतक बनाउन चुकेपछि के भने | Kushal Bhurtel | Man of The Match

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss




« Previous Next »


User Detail Page

You can find user latest posts and related content on the page. Friends, comments for events / matches are also available on the page. Even you can find users who are same pleasure with current user.

#Travel, #SupportYourTeam, #AllAboutSports