फिफा विन्डोमा हुने मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् । टिमका केहि खेलाडीमा कोरोना संक्रमण देखिएकाले पहिलो दिन २८ खेलाडी उपस्थित थिए । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने भनिएको दुई वटा मैत्रीपुर्ण खेलका लागि नेपाली टिमले तयारी सुरु गरेको हो । ए डिभिजन लिगको नबौं चरण सकिँएपछि फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने बताइएको छ । तर पछिल्लो पटक नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित नै छ । किनकी नेपालमा अहिले कोभिडको दर उच्च बन्दै गएको छ । प्रशिक्षणमा नेपालका मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले भने आफुहरु तयारी अवस्थामा रहेको र मोरिसससँगको खेल नभएपनि कुनै टिमसँगपनि खेल्न तयार भएको बताएका छन । उनले आफुले यो पटकपनि नयाँ खेलाडीलाई मौका दिने बताए । साथै उनले आफुले जतिपनि खेलाडी क्याम्पमा बोलायो, त्यो आफ्नो रणनितीमा आधारित भएको बोलाएको बताए । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Website : https://www.neplays.com Facebook:- https://www.facebook.com/neplays2017 Twitter:-https://twitter.com/Neplayss Contact: https://neplays.com/contact Supported by: Kaya Nepal Please follow this link: https://www.facebook.com/sports.kaya Website: http://kayacorp.com.np Email:sports.kayacorp@gmail.com Contact no.980-1007999